डोटीमा एक सय एक वर्षकी वृद्धाले पाइन् नागरिकता

 कात्तिक १२, २०७५ सोमबार १२:२२:५६ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा एक सय १ वर्षकी वृद्धा महिलाले नेपाली नागरिकता प्राप्त गर्नुभएकाे हाे । जिल्ला प्रशासन कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाको पूर्वीचौकी गाँउपालिका –७, पोखरी घर भएकी जगुदेवी खड्काले जिल्ला प्रशासन कार्यालय डोटीबाट नेपाली नागरिकता प्राप्त गर्नुभएकाे हाे ।

वि.सं. १९७४ साल असोज ५ गते जन्मनु भएकी खड्काका ४ छोरा २ छोरीमध्ये १ छोरी र ३ छोराको मृत्यु भइसकेको र माइला छोरा र १ छोरी मात्र जीवित रहेको उहाँका नाति तेजेन्द्रकुमार खड्काले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत सन्तोष शर्माको हस्ताक्षरमा जारी नेपाली नागरिकता प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले हस्तान्तरण गर्नु भएको हो । जगुदेवी खड्काले जिल्ला प्रशासन कार्यालयमै आएर नागरिकता लिनु भएको हो ।
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया