नेपालले यूएई 'ए' लाई ३ विकेटले हरायाे, कुशल भुर्तेलकाे 'अलराउन्ड' प्रदर्शन

 साउन ३, २०८० बुधबार १५:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले यूएई 'ए' लाई ३ विकेटले हराएकाे छ ।

यूएईले दिएकाे १ सय ५८ रनकाे सामान्य लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटायाे । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । कुशल ४३ बलमा ७१ रन बनाएर आउट भए । यस्तै देव खनाल र सन्दीप जाेराले समान २३ रन बनाए । बलिङतर्फ यूएईका माेहम्मद फराजुद्दिनले ५ विकेट लिए ।

यसअघि काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयाे । यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । कुशलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । यस्तै माैसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १/१ विकेट लिए ।

प्रतियाेगितामा नेपालकाे याे पहिलाे जित हाे । नेपाल पहिलाे खेलमा पाकिस्तान 'ए' र दाेस्राे खेलमा भारत 'ए' सँग पराजित भएकाे थियाे ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया