रास्वपा सांसद सोविता गौतमलाई प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

 साउन ४, २०८० बिहीबार ७:३३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका अरु युवा राजनीतिज्ञसँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जित्नुभएको छ ।

नेपालकी युवा सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेका आयोजक वन योङ वर्ल्डले जनाएको छ । वन योङ वर्ल्ड  युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो ।

अवार्डका लागि सोवितासँगै विभिन्न देशका १५ सांसद, मेयरलगायत सर्टलिस्टमा समेटिएका थिए । संस्थाले सर्टलिस्टमा समावेशमध्ये पाँच जनालाई अवार्ड दिँदै आएको छ । सोविता गौतम नेपालकी सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा सर्ट लिस्टमा छनाेट हुनुभएको थियो ।

संस्थाले नेतृ गौतमलाई आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीतिमा उदाएकी पात्रको रूपमा चिनाएको छ । संस्थाले हरेक वर्ष १८ देखि ३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञलाई यस्तो अवार्ड दिने गरेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया