नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ ।
आज बिहीवार घरेलु मैदान इडेन पार्कमा भएकाे उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गाेलले हरायाे । न्युजिल्यान्डका लागि खेलकाे ४८ औँ मिनेटमा हाना विलकिनसनले गाेल गरिन् । याे जितसँगै समूह 'ए' मा रहेकाे न्युजिल्यान्डले ३ अङ्क जाेडेकाे छ ।
यस्तै आजै समूह 'बी' मा रहेको अर्को आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्यान्ड खेल्ने छन् । सिड्नीमा रहेकाे स्टेडियम अस्ट्रेलियामा हुने यो खेल नेपाली समयअनुसार पाैने ४ बजे हुनेछ ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।