नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाउनुभएको छ । गौतमले राष्ट्र र नागरिकलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने तर्कसमेत गर्नुभयो ।
बिहीवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सेनाको सङ्ख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि दुई लाख सेना थप गर्नुपर्ने प्रस्तावसमेत गर्नुभयो । त्यसो गरियो भने सेनाले आउँदाे पाँच वर्षभित्र देशलाई आत्मनिर्भरमात्रै बनाउने नभई विदेश निर्यात गर्ने देशको स्तरमा पुर्याउने गाैतमले दाबी गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘नेपाली सेनालाई यसरी हामीले अपमान गर्न हुँदैन । नेपाली सेना अहिले लगभग ९६ हजारको छ । नेपाली सेनाले धेरैधेरै अफ्ठ्याराेमा नेपाल राष्ट्रको रक्षा गरेको छ । नेपाली नागरिककाे रक्षा गरेको छ । जसले सेनाको सङ्ख्या घटाउनुपर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ भन्छ, म ती साथीहरूलाई सेनाकाे इतिहास पढ्न आग्रह गर्छु । नेपाली सेनालाई एक लाख राखिदिनुस् । अर्को दुई लाख सेना निर्माण गरेर देश निर्माण तथा औद्योगिक क्षेत्र र कृषि उत्पादनको क्षेत्रमा लगाउनुस् । सेनाले गरेर देखाउँछ । र उसले पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै होइन विदेश पठाउने गरी देशमा उत्पादन बढाउन सक्छ ।’
सदस्य गाैतमले गौरवगाथाले भरिएको सेनाको सङ्ख्या घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको सङ्ख्या घटाउन र प्रदेशसभा हटाउँदा उपयुक्त हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।