नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा विशेष तयारी गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार नेपालले एसिया कपका लागि श्रीलङ्कामा १५ दिन विशेष तयारी गर्ने भएको हो ।
नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्दैछ । त्यसअघिको तयारीमा नेपालले श्रीलङ्कामा चार अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । नेपालमा बर्खाको समय भएकाले श्रीलङ्कामै क्याम्प राख्ने व्यवस्था मिलाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।
एसिया कप आउँदो अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुँदैछ । पहिलो खेल नेपाल र पाकिस्तानबीच पाकिस्तानको मुल्तानमा हुनेछ । त्यस्तै, नेपालले भारतसँग श्रीलङ्काको क्यान्डीमा सेप्टेम्बर ४ तारिखमा खेल्नेछ । नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ ।
काठमाण्डौमा वैशाखमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो । श्रीलङ्का, बङ्लादेश र अफगानिस्तान समूह ‘बी’ मा छन् । दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।