नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरणको सन्दर्भमा नेपाल 'ग्रे लिस्ट' मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने कुरा गलत भएको बताउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले नेपाल 'ग्रे लिस्ट' मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने कुरा गलत भएको बताउनुभएको हो । फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को एसिया प्यासिफिक ग्रुप (एपीजी) को बैठकमा सहभागी सदस्यहरू नेपाल फर्किएपछि नेपाल 'ग्रे लिस्ट' मा पर्नबाट एक वर्षका लागि जोगिएको खबर सार्वजनिक भएको थियो । तर कानुनमन्त्री गुरुङले त्याे विषय गलत भएको बताउनुभएको हो ।
क्यानडामा केही दिनअघि भएको एपीजीको बैठकमा नेपालको तर्फबाट कानुन मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिव उपस्थित भई नेपालको तर्फबाट रिपोर्टिङ गरेअनुसार १५ दिनमा एपीजीले रिपोर्ट अध्ययन गरी नेपाललाई जानकारी दिने र आउँदाे अक्टोबरमा एफएटीएफको पेरिसमा हुने बैठकमा फाइनल रिपोर्ट बुझाउनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एक वर्षका लागि हामीलाई समय दिएको होइन । अस्ति भर्खरै क्यानडाको भ्यान्क्युवानमा जसन एपीजीको बैठकमा कानुन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको सचिव पुग्नुभएको थियो । त्यो सम्मेलनले हामीले यहाँबाट दिएको रिपोर्टलाई १५ दिनभित्र उहाँहरूले यसका बारेमा अध्ययन गर्ने र त्यसका बारेमा फेरि हामीलाई रेस्पोन्स गर्ने भन्ने छ । त्यसपछि हामीले फेरि अक्टोबरमा एफएटीएफको बैठकमा फाइनल रिपोर्ट बुझाउनुपर्ने हुन्छ, त्यसपछि के हुने भन्ने निर्क्याेल हुन्छ । त्यस कारण हामीले एक वर्ष पाइहाल्यौँ भनेर सिरानी हालेर सुत्ने भन्ने होइन ।’
मन्त्री गुरुङले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा नेपालका लागि बुझ्न आउने विदेशी नियोगका पदाधिकारीहरूलाई संसदीय समितिमा छलफलका क्रममा छ भनेर बुझाउने गरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।