नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – श्रीलङ्का 'ए' लाई हराउँदै पाकिस्तान 'ए' एसीसी इमर्जिङ टिम्स एसिया कपकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार काेलम्बाेमा भएकाे पहिलाे सेमिफाइनल खेलमा श्रीलङ्कालाई ६० रनले हराउँदै पाकिस्तान फाइनलमा पुगेकाे हाे ।
पाकिस्तानले दिएकाे ३ सय २३ रनकाे लक्ष्य पछ्याएकाे श्रीलङ्का ४५ ओभर ४ बलमा २ सय ६२ रनमा अलआउट भयाे । श्रीलङ्काका अभिष्का फर्नान्डाे र शहन अर्चचिगेले समान ९७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ पाकिस्तानका अर्शद इक्बालले ५ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २२ रन बनायाे । पाकिस्तानका ओभर युसुफले सर्वाधिक ८८ रन बनाए । यस्तै माेहम्मद ह्यारिसले ५२ र मुबासिर खानले ४२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लाहिरु समाराकून, प्रमाेद मदुशन र चमिका करुनारत्नेले २/२ विकेट लिए ।
यसैबीच प्रतियाेगिताकाे दाेस्राे सेमिफाइनल खेलमा अहिले भारत र बङ्गलादेशबीच खेल भइरहेकाे छ । पाकिस्तानले उपाधिका लागि याे खेलकाे विजेतासँग खेल्नेछ । फाइनल खेल पर्सि आइतवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।