कांग्रेस केन्द्रीय सदस्यहरूले भने– ‘बैठकले किसान, मजदुरलाई पनि सम्बाेधन गर्नुपर्छ’

 साउन ५, २०८० शुक्रबार २०:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीकाे केन्द्रीय समितिको बैठकमा धेरैजसाे सदस्यहरूले पार्टी सङ्गठनमा एकता र र जनस्तरसम्म लैजाने कार्यक्रम पास गरेर अघि बढ्नुपर्ने धारणा राखेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको पाँचौँ दिनको बैठकमा सदस्यहरूले यस्तो धारणा राखेका नेता विश्वकर्माले बताउनुभएको हो । उहाँले आजको बैठकमा ३४ जना सदस्यले बोल्नुभएको र उहाँहरूले किसान, मजदुर र विभिन्न पेसामा आवद्ध मानिसहरूलाई पनि बैठकले सम्बोधन गर्नुपर्ने धारणा राख्नुभएको बताउनुभयो ।

बैठकपछि नेता गोपालमान श्रेष्ठले चुनावका कारण केन्द्रीय समितिको बैठक बस्न केही ढिलो भएको बताउनुभयो । उहाँले पार्टीमा अब विवाद गर्न नहुने बताउँदै सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

पार्टीकी सहमहामन्त्री डिना उपाध्यायले महामन्त्री गगनकुमार थापाले ल्याउनुभएको कार्यक्रममा सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो । उहाँले बैठकमा नेताहरूले दिएका सुझावलाई पनि आत्मसात् गरेर पार्टीले सबै तहका नेता, कार्यकर्ताकाे वितृष्णा सम्बोधन गर्ने गरी अघि बढ्ने बताउनुभयो ।

नेता आनन्द ढुंगानाले केन्द्रीय सदस्यहरूले पार्टीमा कसैलाई दबाब नदिएको बताउँदै सदस्यहरूले राखेका सुझावलाई समेटेर महामन्त्री थापाले राख्नुभएको कार्यक्रम पारित हुने दाबी गर्नुभयाे । उहाँले सदस्यहरूका सुझावलाई समेटेर जनस्तमुखी कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया