राम्रो मान्छे छानेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ : शशांक कोइराला

 साउन ७, २०८० आइतबार १६:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राम्रो मान्छे छानेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभएको छ ।

आइतवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा नेता कोइरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी सङ्गठित नहुने धारणा राख्नुभयो । उहाँले कांग्रेसको नीति ठिक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउन नहुने बताउनुभयो । केन्द्रका नेताहरूले टिकट वितरण नगरेर स्थानीय समितिलाई जिम्मेवारी दिनुपर्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले कस्तो किसिमको क्रियाशील सदस्यता दिँदैछौँ ? क्रियाशील सदस्य बढाएर मात्रै पार्टी सङ्गठित हुँदैन । राम्रो मान्छे चुनेर मात्रै गरौँ । कांग्रेसको केन्द्रीय समितिले पनि अब विकेन्द्रीकरण गर्नुपर्‍याे । सबैभन्दा महत्त्वपूर्ण जिल्ला सभापतिहरूभन्दा पनि वडाध्यक्षहरू हुन् । हामी केन्द्रमा बसेर फलानोलाई टिकट दिनुपर्‍याे भन्छाैँ । वस्तुस्थिति हामीलाई थाहा हुँदैन । त्यहाँको को व्यक्ति उपयुक्त हो ? कसले समाजमा प्रतिष्ठा बोकेको छ ? कसले एउटा दिशा दिनसक्छ ? केन्द्रमा बसेर निर्णय गर्ने कुरा ठिक भएन ।’

नेता कोइरालाले पार्टीले आउँदाे २० वर्षका लागि आफ्नो बाटो तय गर्नुपर्ने बताउनुभयो । पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नुपर्ने भन्दै उहाँले सत्तामा जानेमात्र नभई रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको गुट, उपगुटको पनि अन्त्य गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया