आ–आफ्नो पसल थापेर बसेका कम्युनिस्टहरूलाई एकताबद्ध गर्नुपर्छ : माधव नेपाल

 साउन ७, २०८० आइतबार १९:४३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसकाे अवसरमा आइतवार कीर्तिपुरमा भएकाे कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरू आ–आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले कम्युनिस्टहरू जति धेरै विभाजित हुन्छन् त्यति धेरै नोक्सान हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कमरेड वामदेव गौतमले कम्युनिस्ट पार्टी शक्तिलाई मिलाउँ भनेर जोड दिनुभयो । सबै कम्युनिस्ट पार्टीहरू आ–आफ्ना पसल थापेर बसेका छन्, आ–आफ्नै पाराले चलिरहेका छन् । कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्छ । जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ । कम्युनिस्ट आन्दोलनको एकता, एकताबद्ध बनाउनका निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ ।’

अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गराउन आफू सकारात्मक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया