नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक रूपान्तरणका लागि 'एग्जिट पोलिसी' (बहिर्गमन नीति) आवश्यकता रहेको बताउनुभएको छ ।
सोमवार बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले राजनीतिक दलहरूले 'एग्जिट पोलिसी' बनाएको खण्डमा एकै व्यक्ति राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद भइरहने प्रवृत्तिको अन्त्य हुने बताउनुभयो । राजनीतिमा उमेर नभई एजेन्डा महत्त्वपूर्ण हुने भए पनि महत्त्वपूर्ण पदहरूमा भने 'एग्जिट पोलिसी' राख्न जरुरी शर्माकाे भनाइ थियाे ।
उहाँले भन्नुभयो, ‘राजनीतिक रूपान्तरणका लागि एग्जिट पोलिसी जरुरी देखियो । केही वर्षअघि एग्जिट पोलिसीकाे लहर चलेकाे थियाे, सभापतिले राजनीतिबाट राजीनामा दिनुहुन्थ्यो, ७० वर्ष नाघेकालाई राजनीतिबाट बिदा गर्ने भनेको थियो । उमेर नभई राजनीतिमा एजेन्डा हुनुपर्छ भन्दा म आलोचित भएँ । तर नेकपा एमालेले त्यसलाई ग्रहण गर्याे, त्यसलाई लागू गरेको छ । हामीले एग्जिट पोलिसी राखेको भए शेरबहादुर दाईले जस्तो पाँच पटक प्रधानमन्त्री हुन्थेँ भन्ने कसैले सोच्दैन । त्यसैले एग्जिट पोलिसी आवश्यक छ ।’
महामन्त्री शर्माले विभिन्न नयाँ दलहरूले मिसन २०८४ सञ्चालन गरे पनि २०८४ मा २००७ सालको जस्तो क्रान्ति नभई मात्र चुनाव हुने बताउनुभयो । उहाँले पार्टीको कुनै सदस्यले कालोमोसो दल्ने, शारीरिक आक्रमण गर्नेलाई पार्टीमा कुनै स्थान दिन नहुने बताउनुभयो । महामन्त्री शर्माले कानुन हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रस्ताव पनि गर्नुभयाे । उहाँले पार्टी अधिवेशनमा एउटा पदमा पराजित भएको व्यक्तिलाई त्योभन्दा माथि मनोनीत नगर्न प्रस्ताव पनि गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।