नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
खोटाङ - खोटाङमा गोरु काटेको आरोपमा पक्राउ परेका एक महिलासहित पाँच जना धरौटीमा छुटेका छन् ।
ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका खिमायाँ तामाङ, दावा तामाङ, बुद्धिमान तामाङ, मोहन तामाङ र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–४ जुवुका हेमकुमार तामाङ हिजो रिहा भएका हुन् । उनीहरु जनही १० हजार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।
जलेश्वरीको रमितेमा गोरु काटेर भाग लगाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले गएको असार ३१ गते पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Wangchhu Sherpa
July 26, 2023, 6:47 p.m.गोरू काटेर खानु आफ्नो नैसर्गिक अधिकार हो।नेपाल भनेको बहुभाषी बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका राष्ट्र हो। यहा धर्म निरपेक्षता घोषित भएकोले हिन्दु धर्म मान्ने हरुले गोरु काटेर खाएमा कार्बाही गर्नु ठीक मानिन्छ तर क्रिश्चियन मुस्लिम धर्म लम्बिहरुले काटेर खाना पाउनु पर्छ।