नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।
मङ्गलवार बिहान ललितपुरको च्यासलमा रहेकाे एमाले मुख्यालयमा अध्यक्ष ओलीसँग चिनियाँ नेता युआनले भेट गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाएर लैजाने विषयमा छलफल भएको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जानकारी दिनुभयो । त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल अहिले विकासको प्रयासमा रहेकाले चीन सरकारको अपेक्षित सहयोग महत्त्वपूर्ण हुने धारणा राख्नुभएको थियो भने नेता युआनले नेपाल र नेपाली नागरिककाे विकासको सन्दर्भमा सक्दो सहयोग गर्न चीन सरकार तत्पर रहेको बताउनुभएको थियो ।
अध्यक्ष ओलीले चीनले नेपाललाई सधैँ प्राथमिकता दिने गरेको भन्दै चीन सरकार र चिनियाँ नेताहरूको प्रशंशा गर्नुभएको थियो । भेटमा ओली नेतृत्वको सरकारका बेला दुई देशबीचको सम्बन्ध विस्तारबारे भएको प्रगतिको पनि स्मरण गरिएको एमाले विदेश विभाग सदस्य खनालले बताउनुभयो ।
श्रीलङ्काको भ्रमण पूरा गरी गएकाे आइतवार नेपाल आउनुभएका नेता युआनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने 'अर्चुअल' संवाद गर्नुभएको थियो । इटली भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग नेता युआनले 'भर्चुअल' संवाद गर्नुभएकाे थियो । त्यसैगरी उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी नेता युआनले कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका माओवादी केन्द्रका पदाधिकारी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायतसँग भेट गरी दुई देशबीचको सम्बन्धबारे चासोपूर्वक छलफल गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।