अब कांग्रेसकाे नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्छ : चन्द्र भण्डारी

 साउन ९, २०८० मंगलबार १५:४७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

मङ्गलवार काठमाण्डाैमा आयोजित 'वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठी' मा सदस्य भण्डारीले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरू सामूहिक रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईँहरू उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो । अहिलेसम्म तपाईँहरू सँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन ? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस्, चाहे रामचन्द्रजी होस्, चाहे कृष्ण सिटौला होस्, चाहे शेखर कोइराला होस्, हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो । आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्तरूपले झगडा नगर्दा यो भनाइ खाइरहनुपरेको छ । त्यस कारण म सुझाव दिन चाहन्छु तपाईँहरूले टिम बनाउनुस् । समयले तपाईँ युवाहरूको स्वागत गर्नका लागि पर्खिरहेको छ ।पार्टी सभापति शेरबहादुरजी ८० वर्ष पुग्न थाल्नुभएको छ । जोस–जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ, अब उहाँहरूले नेतृत्व लिनुपर्‍याे । तपाईँहरू अबदेखि सँगै हिँड्नुस् । मिटिङ राख्नुस् । एजेन्डा तयार गर्नुस् । तबमात्रै कांग्रेस बन्छ । एक्लै कहीँ पुग्न सकिदैँन ।’

भण्डारीले उपसभापति र महामन्त्रीहरूका बीचमा बैठक राख्ने र एजेन्डा तय गरेर सँगै हिँड्न पनि आग्रह गर्नुभयो । उहाँले केन्द्रीय समितिमा संस्थापन इतर समूहका नेताहरूलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरूलाई सदस्य बनाउन नसक्नेले अरूको प्रतिनिधित्व गर्न नसक्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया