नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा आज भएको पहिलो खेलमा अमेरिका र नेदरल्यान्ड्सले बराबरी खेलेका छन् । न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह ‘ई’ को खेलमा नेदरल्यान्ड्सले अग्रता जोगाउन नसक्दा खेलमा एक/एक गोलको बराबरी भयो ।
नेदरल्यान्ड्सले खेलको १७औँ मिनेटमा जिल रुर्डको गोलबाट अग्रता लिएको थियो तर अमेरिकाका लागि खेलको ६२औँ मिनेटमा लिन्डसे होरानले बराबरी गोल फर्काइन् । त्यसपछि कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो ।
बराबरीसँगै दुवै टोलीले अङ्क बाँडेका छन् । अमेरिका र नेदरल्यान्ड्सकाे समान चार अङ्क भएको छ । समूह ‘ई’ मा पोर्चुगल र भियतनाम अङ्कविहीन छन् । आज हुने अर्को खेलमा पोर्चुगल र भियतनामबीच दिउँसो सवा एक बजे खेल हुनेछ । त्यस्तै, समूह ‘बी’ का अस्ट्रेलिया र नाइजेरियाको खेल दिउँसो पौने ४ बजे हुनेछ ।
हिजो भएका खेलमा क्यानडा, स्पेन र जापान विजयी भएका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।