नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – फिफा महिला विश्वकप फुटबलमा २०२३ मा नाइजेरियाले अस्ट्रेलियालाई हराएकाे छ ।
आज बिहीवार ब्रिस्वेनमा भएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३–२ गाेलले हरायाे । नाइजेरियाका लागि उचेना कानु, ओसिनाची ओहाले र असिसत ओशाेआलाले १/१ गाेल गरिन् । अस्ट्रेलियाका लागि इमिली भान एगमन्ड र अलान्ना केन्नेडीले १/१ गाेल गरिन् । एक गाेलले पछि परेकाे नाइजेरियाले उत्कृष्ट पुनरागमन गर्दै अस्ट्रेलियालाई ३–२ गाेलले हराएकाे हाे ।
याे जितसँगै नाइजेरिया २ खेलमा ४ अङ्कका साथ समूह 'बी' को शीर्ष स्थानमा छ । आयोजक अस्ट्रेलिया उति नै खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।
आजै भएको समूह 'ई' काे खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हराएकाे छ । यस्तै समूह 'ई' कै अर्काे खेलमा अमेरिका र नेदरल्यान्ड्सले १/१ गोलको बराबरी खेलेका छन् ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।