नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ साल माघ २५ गते गरेको फैसलाको आज सार्वजनिक पूर्णपाठमा क्षतिपूर्ति हुने ठहर गरिएको हो ।
आदेशमा भनिएको छ, 'आधार, प्रमाण र कारणबाट कान्ति बाल अस्पतालको चिकित्सकीय असावधानीको कारणले पीडित आठ महिनाको बच्चा आलोक बरालको स्वास्थ्यमा गम्भीर असर परेको पुष्टि हुन आएको देखिएको छ ।' श्वासप्रश्वासमा समस्या भएर अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुर्याइएका आठ महिनाका आलोकलाई गलत खोप दिँदा क्षति पुगेको भन्दै रकम भराउन भनिएको हो ।
विसं २०७३ साल असार २२ गते ती बालकलाई उपचारका लागि अस्पतालको इमर्जेन्सीमा पुर्याइएको थियो । पीडित बालकका बुबा ध्रुवकुमारले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको थियो ।
त्यही राति शम्भु विक नामका अर्कै बालकका लागि ल्याइएको खोप आलोकलाई लगाइएको थियो । त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुनाका साथै दिसा, पिसाब चुहिनेजस्ता लक्षण देखिएको थियो । काठमाण्डौ जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट डा आयुष्मा रेग्मीले तयार पार्नुभएको प्रतिवेदनबमोजिम ती लक्षण मेनेन्जाइटिस मलेरियाको खोपबाट साइड इफेक्ट भएको प्रमाणित भएको अदालतको ठहर थियो।
फैसलाको पूर्ण पाठमा भनिएको छ, 'त्यस लक्षण इन्जेक्सन मोन्टाजको साइडइफेक्टको लक्षणसँग मिलेको पाइयो, यसरी अस्पतालको लापरबाहीका कारण गलत औषधिको अधिक मात्रा प्रयोग गरी आठ महिनाको बच्चाको ज्यान नै जान सक्ने गरी आजीवन शारीरिक तथा मानसिकलगायत असर परेको देखिँदा निज पीडित बालकलाई अस्पतालबाट क्षतिपूर्ति भराइ दिनुपर्ने अप्रत्यक्ष दायित्व सिर्जना भएको देखियो ।'
आफ्नो बच्चाको स्वास्थ्यप्रति अस्पतालले लापरबाही गरेकाले क्षतिपूर्तिको माग गर्दै उहाँले काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको थियो । याे विवाद उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियोे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sanjeeb Subedi
July 29, 2023, 4:58 p.m.Ghandai , 7 years jati ma muddha phaisala bhaya6. Yesto important muddha ko yeti dherai time lagni nayalayabata time Mai naaya pauni aasa garna Parni badhyata 6. Bichara hami Nepali 😭
Jaymod Thakur
July 28, 2023, 8:47 p.m.आदरणीय सम्पादक ज्यू समाचारमा लेखिएको रोगको खोप हाल सम्म बिश्वमा नरहेको,""" मैनिजाइटिस मलेरिया "" तपाई नाम चलेको ऑनलाइन हो, तपाई एक पटक राम्रो सँग अध्ययन गर्नुस र मलाई पनि अदालतको निर्णय कपि मेल गर्नुस। तपाइको समचार हतारमा अध्ययन बिना तयार गरिएको समाचार जस्तो लाग्यो। यसरी खोप भनेर समाचार लेखीदा भोलीको दिनमा बालबालिकालाइ कोहीले खोप लीन लगाउदैन। यसरी बदनाम गर्ने काम नहोस।
Tejmani Panth
July 28, 2023, 3:45 p.m.मलाई पनि कान्ति बालअस्पताल ले यस्तै झन्झट मा पारेको छ
बिदुर प्रसाद चौलागाईं
July 28, 2023, 3:36 p.m.७३ साल को घटनालाइ त कम से कम ९८ साल तिर गर्नु पर्ने हैन र? फैसलाको पुर्ण पाठ किन चाडो गरेको होला अस्पताललाइ धोका भएन!!!जनताको मुद्दा .......?