कोशी प्रदेशमा कामचलाउ सरकारबारे अन्योल

 साउन १३, २०८० शनिबार ९:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेशमा कामचलाउ सरकारलाई लिएर अन्योल भएको छ । गएको असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएपछि नयाँ सरकार गठन नहुँदासम्म कामचलाउ सरकार कसको भन्ने अन्योल भएको हो ।

सर्वोच्चको आदेशपछि प्रदेश प्रमुख परशुराम खापुङले आउँदो मंगलबारसम्म नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । तर  सरकार गठनको आह्वान गर्दा उहाँले कामचलाउ सरकारबारे केही उल्लेख गर्नुभएको छैन । उहाँले थापाको नियुक्ति बदर भएको स्वीकारे पनि अहिलेको सरकारविहीन अवस्थाबारे केही बोल्नुभएको छैन ।

मुख्यमन्त्रीमा उद्धव थापा नियुक्ति प्रक्रिया नै सर्वोच्चले खारेज गरेपछि कामचलाउ सरकारबारे विवाद छ । महान्यायाधिवक्ता दीनमणि पोखरेलसहित सरकार पक्षका वकिलहरुले अहिले पनि थापा नै कामचलाउका रुपमा यथावत रहेको दावी गरेका छन् ।

पहिलेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ताहरु टीकाराम भट्टराई र डा. भीमार्जुन आचार्यसहितले भने थापाको नियुक्ति नै बदर भइसकेकाले कार्की नै कामचलाउ सरकारमा फर्किसकेको तर्क गरेका छन् । कार्कीले पनि कामचलाउ सरकारको मुख्यमन्त्री आफू नै भएको दाबी गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया