नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
धनुषा - मधेस प्रदेश सरकारका दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज साेमवार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन् । दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए ।
जनमत पार्टीका नेता वीपी साहका अनुसार दुवै जना मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाएका हुन् । यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गएकाे जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एकीकृत समाजवादी) का गोविन्द न्यौपानेलाई दिनुभएको थियो । त्यसयता कुशवाहा विनाविभागीय मन्त्रीको हैसियतमा हुनुहुन्थ्यो ।
नेता साहका अनुसार उनीहरूकाे ठाउँमा नयाँ दुई जनालाई मन्त्री सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।