युद्धग्रस्त देशमा सेनामा भर्ना नहुन सरकारको आग्रह, ‘अप्ठेराेमा परे उद्धार गर्न कठिन हुन्छ’

 साउन १६, २०८० मंगलबार १७:४०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर कसैको झुक्यानमा परि वा गलत सूचनाका आधारमा युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान आग्रह गरेको छ । यस्ता काममा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहनसमेत मन्त्रालयले सबैलाई सूचित गरेको छ ।

केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चारमाध्यममा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ । विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा परम्परागतरूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

पछिल्लो समय युक्रेनविरुद्धको युद्धका लागि रुसी सेनामा नेपाली नागरिक पनि भर्ना भइरहेको समाचार र सूचना सार्वजनिक भएपछि सरकारले नेपालीलाई सुरक्षासम्बन्धी काममा नजान आग्रह गरेको हो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया