नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीबाट देश र समाजले उपलब्धि हासिल गरिरहेको बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप माध्यमिक विद्यालयको २५औँ वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा उहाँले नगरपालिकाको लगानीबाट नगरभित्रका विद्यार्थीको साथै अरु क्षेत्रका विद्यार्थीले पनि फाइदा लिइरहेका बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् विद्यालय सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नगरपालिकाबाट सञ्चालित आठ वटा कलेजले भक्तपुरको मात्र नभइ सिङ्गो देश विकासको लागि महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नगरपालिकाले ‘एक घर, एक स्नातक’ को अवधारणाका साथ स्थापना गरेको कलेजको उद्देश्य पूरा गर्दै गएको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले यस वर्ष कक्षा ११ मा एक हजार नौ सय सय २० जना भन्दा बढी विद्यार्थी भर्ना भएको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।