अर्जेन्टिनालाई हराउँदै स्विडेन समूह विजेता

 साउन १७, २०८० बुधबार १४:५४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा अर्जेन्टिनालाई हराउँदै स्विडेन समूह 'जी' काे समूह विजेता बनेकाे छ ।

आज बुधवार न्युजिल्यान्डकाे एफएमजी स्टेडियममा भएकाे खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गाेलले हरायाे । स्विडेनका लागि रिबेका ब्लुमभिस्ट र इलिन रुबेनसनले १/१ गाेल गरिन् । स्विडेन ९ अङ्कसहित समूह विजेता बन्दा अर्जेन्टिना १ अङ्कसहित पुछारमा रहँदै प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

जापान यसअघि नै विश्वकपकाे अन्तिम १६ मा पुगिसकेकाे छ । अब स्विडेनले क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया