सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने गृह मन्त्राल...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बुधवार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज बुधवार दिउँसाे प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
यस्तै सभामुखबाट राजीनामा दिनुभएका बाबुराम गौतम पनि मन्त्री बन्नुभएकाे छ । गाैतम आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएकाे छ । यस्तै प्रदीपकुमार यादव खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री र कमलप्रसाद जवेगु भौतिक पूर्वाधार विकासमन्त्री बन्नुभएकाे छ । नवनियुक्त तीन जना मन्त्रीलाई त्यही समाराेहमा प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
कांग्रेस संसदीय दलका नेता थापा कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, एकीकृत समाजवादीका चार जना र जनता समाजवादी पार्टीका एक जना गरी ४७ सांसदको समर्थनमा हिजाे मङ्गलवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।
यसअघि गएको असार २१ गते मुख्यमन्त्री बनेका थापाले सभामुखको समेत समर्थन लिएका कारण सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।