महिला विश्व कप : समूह चरणको अन्तिम खेल आज, कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया खेल्दै

 साउन १८, २०८० बिहीबार ६:३५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा आज समूह चरणको अन्तिम खेल हुँदैछन् । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा भइरहेको महिला विश्व कपमा आज समूह चरणको अन्तिम दुई खेल हुँदैछन् ।

आज हुने समूह 'एच'को खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । यो समूहमा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया खेल्दैछन् ।

कोलम्बिया ६ अङ्कका साथ शीर्ष स्थानमा छ । जर्मनी र मोरक्को ३–३ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । दक्षिण कोरियाले अङ्क जोड्न सकेको छैन । हिजो भएका खेलमा स्विडेन, दक्षिण अफ्रिका र फ्रान्स विजयी भएका छन् । ब्राजिल र जमैकाले गोलरहित बराबरी खेलेपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको छ ।

त्यस्तै, स्विडेनसँग पराजित अर्जेन्टिना पनि विश्व कपबाट बाहिरिएको छ । ३२ देश सहभागी महिला विश्व कप आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया