काेलम्बिया र माेरक्काे महिला विश्वकपकाे अन्तिम १६ मा, २ पटककाे च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरियाे

 साउन १८, २०८० बिहीबार १८:२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – काेलम्बिया र माेरक्काे नवाैँ संस्करणकाे फिफा महिला विश्वकप फुटबल २०२३ काे अन्तिम १६ मा पुगेका छन् ।

आज बिहीवार अस्ट्रेलियाकाे एनआईबी स्टेडियममा भएकाे खेलमा माेरक्काेले काेलम्बियालाई १–० गाेलले हरायाे । माेरक्काेका लागि एनिसा लहमारीले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् । काेलम्बिया र माेरक्काे समान ६ अङ्कसहित पहिलाे र दाेस्राे स्थानमा रहँदै समूह 'एच' अन्तिम १६ मा पुगेका हुन् ।

यस्तै यही समूहकाे अर्काे खेलमा दक्षिण काेरियासँग १–१ गाेलकाे बराबरी खेल्दै जर्मनी समूह चरणबाटै बाहिरिएकाे छ । दुई पटककाे च्याम्पियन जर्मनी पहिलाे पटक विश्वकप फुटबलकाे समूह चरणबाटै बाहिरिएकाे हाे । जर्मनी ४ अङ्कसहित तेस्राे स्थानमा रहँदा दक्षिण अफ्रिका १ अङ्कसहित पुछारमा रह्याे ।

याे संस्करणकाे विश्वकपमा जर्मनीसहित, ब्राजिल, अर्जेन्टिना, पाेर्चुगललगायतका बलिया टिम समूह चरणबाटै बाहिरिए । अब पर्सि शनिवारदेखि नकआउट चरणका खेल शुरु हुनेछ ।

नकआउट चरणमा स्विट्जरल्यान्डले स्पेनसँग, जापानले नर्वेसँग, नेदरल्यान्ड्सले दक्षिण अफ्रिकासँग, स्विडेनले अमेरिकासँग, इङ्ग्ल्यान्डले नाइजेरियासँग, अस्ट्रेलियाले डेनमार्कसँग, कोलम्बियाले जमैकासँग र फ्रान्सले मोरक्कोसँग खेल्नेछन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया