प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच टेलिफोनमा कुराकानी

 साउन २०, २०८० शनिबार १९:३३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ। भारतीय प्रधानमन्त्री मोदीले आज बेलुका प्रचण्डलाई टेलिफोन गर्नुभएकाे भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

कुराकानीमा प्रचण्ड र मोदीले नेपाल–भारत द्विपक्षीय सहयोगका विभिन्न पक्षको समीक्षा गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको सम्झौता र समझदारीलाई कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको छ ।

भारतले अघि सारेको ‘छिमके पहिले’ नीति अनुसार नेपाल भारतको नजिकको सहयोगी र साझेदार रहेको मोदीले बताउनुभएको छ ।  यो टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया