सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने गृह मन्त्राल...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का नेताहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
काठमाण्डाैकाे आलोकनगरमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आइतवार स्थायी समिति बैठकमा बोल्ने नेताहरूले संसद्को गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरूले संसद् बैठक नै बस्न नदिने काम गरिरहेको भन्दै नेकपा एमालेको पनि आलोचना गरेका थिए ।
संसद्को भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । संसद् बैठक नै बस्न नसक्ने अवस्था सिर्जना गरेर एमालेले बेठिक गरेको कुरा बैठकमा नेताहरूले राखेका उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संसद्लाई गरिमामय बनाउन हाम्रो पार्टीको भूमिका कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन् । सदनको एक मिनेटको बिजनेस पनि असाध्यै महत्त्वपूर्ण हुन्छ । प्रतिपक्षले संसद् अवराेध गरिरहेकाे विषयमा पनि कुरा उठेका छन् ।’
हिजो शनिवारदेखि शुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १० औँ महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । एकीकृत समाजवादीले पार्टीको आसन्न १० औँ महाधिवेशन आउँदाे माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यसअघि पार्टीको सचिवालय बैठक बोलाएको थियो । उपमहासचिव तुलाधरका अनुसार अब भदौँ पहिलो हप्ता बस्ने पोलिटब्युरो र केन्द्रीय समिति बैठकले त्यसबारे योजना तय गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।