नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाकाे नेतृत्वमा एक सय किलो सुन तस्करी प्रकरणको आज साेमवारदेखि अनुसन्धान थालेको छ ।
हिजाे आइतवार राजस्व अनुसन्धान विभागबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सीआईबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिकरूपमा अनुसन्धान थालेको हो । आरोपी १७ जनालाई पनि आइतवार नै सीआईबीको हिरासतमा सारिएको थियो । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुँवेर कडायतले एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रियाअघि बढाएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै अनुसन्धानको काम प्रहरीलाई दिन निर्देशन दिनुभएको थियो । सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने भएकोले सङ्गठित अपराध, अन्तर्देशीय अपराध र आतङ्कवादसँग पनि जोडेर अनुसन्धान गर्न प्रहरीलाई दिने प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ ।
विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट 'ब्रेक शु' मा हालेर ल्याइएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो । त्याे सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ । अहिलेसम्म यस प्रकरणमा संलग्न रहेको आरोपमा १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई हाजिरी जमानीमा छाडिए पनि १७ जना हिरासतमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।