उपराष्ट्रपति यादवकाे चीन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

 साउन २४, २०८० बुधबार १७:५०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपराष्ट्रपति रामसहायप्रसाद यादवको चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । हिजाे मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवकाे चीन भ्रमण स्वीकृत गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज बुधवार बैठकको निर्णय सार्वजनिक गर्दै जानकारी दिनुभयाे ।

यही साउन ३१ देखि भदाै ३ गतेसम्म चीनको कुनमिङ्ग सहरमा आयाेजना हुने सातौँ ‘चाइना–साउथ एसिया एक्सपो’ मा सहभागी हुन उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लाग्नुभएको हो । उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो ।

यस्तै बैठकले सीईडीएडब्ल्यू समिति सदस्यमा सन् २०२५–२०२८ अवधिका लागि नेपालको तर्फबाट बन्दना राणालाई तेस्रो कार्यकालका लागि पुनः उम्मेदवार पेस गर्न स्वीकृति दिइएको छ । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आर्थिक वर्ष २०८०/८१ मा आवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका सात सय १५ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठककाे निर्णय–

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया