सुनील शर्मालाई सीआईबीले २०७३ सालमै पक्राउ गर्न खाेजेकाे थियाे

 साउन २५, २०८० बिहीबार १७:११:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई मण्डिखाटार निवासबाटै आज बिहीवार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले प्रवीणता प्रमाणपत्र तह पास गरेको नक्कली प्रमाणपत्र पेस गरेर त्योभन्दा माथिल्लो तहको अध्ययन गरेको भेटिएकाे प्रहरीकाे भनाइ छ ।

२०७३ सालमै सीआईबीले नक्कली प्रमाणपत्रविरुद्धको कारबाही 'अपरेशन क्वाक' चलाउँदा नै शर्माले नक्कली शैक्षिक प्रमाणपत्र लिएको प्रमाण भेटाएको थियो । तर पक्राउको सूचना चुहिएपछि उनी जापान गएका थिए । नेपालमा विकसित राजनीतिक घटनाक्रम र प्रहरीको नेतृत्व हेरफेर भएपछि शर्मा नेपाल फर्किएका थिए । त्यसपछि राजनीतिक संरक्षणका आडमा उनले आफूलाई पक्राउ गर्नबाट जोगाएका थिए । अहिले बल्ल सीआईबीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन तस्करी प्रकरणकाे छानबिन गर्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डाक्टर प्रकाशशरण महतको राजीनामा माग गरेका थिए । उनी मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Name bam rai

    Aug. 10, 2023, 9:15 p.m.

    Sharmalai grihale tarsaeko ho.

  •  0 Reply

तपाईको प्रतिक्रिया