छापिएकाे २ लाख लाइसेन्स लिन आएनन् सेवाग्राही

 साउन २५, २०८० बिहीबार १९:७:३० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कतिपय सेवाग्राहीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन डेढ वर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झन्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनाकाे यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाण्डाै उपत्यकाबाहिर गएकाले छापिएर आइसकेको अनुमतिपत्र बुझ्न नआएका हुन् । अहिले सेवाग्राहीले चालक अनुमतिपत्र नवीकरण गरेपछिको एक/डेढ वर्षमा मात्रै अनुमतिपत्र पाउने अवस्था रहेको जनाइएको छ ।

धेरै सेवाग्राहीले एउटा अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएर त्यो नआउँदै दोस्रो वर्गको सवारी साधनको अनुमतिपत्रका लागि परीक्षा दिने गरेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ छापिएर आएपछि सेवाग्राहीले नवीकरण गर्न दिएको अनुमतिपत्र चाहँदैनन् र वर्षाैँसम्म त्यसै रहन्छ ।’

एकै समयमा नवीकरणका लागि पनि आउने र अर्को प्रकारको 'ट्रायल' पास गरेर नयाँ लिने सेवाग्राहीको सङ्ख्या धेरै रहेको छ । पुरानो रद्द गरेर मात्रै नयाँ छापिने व्यवस्था नहुँदा एउटै व्यक्तिको एकै समयमा दुई वटा अनुमतिपत्र छापिने गरेको उहाँले बताउनुभयो । राज्यले दोहोरो परिचयपत्र छाप्नु पर्दा घाटा र अर्काेतर्फ यातायात कार्यालयमा अनुमतिपत्र बढी हुँदा व्यवस्थापनमा समस्या हुने गरेको प्रमुख कपालीले बताउनुभयो ।

एकै समयमा एउटै व्यक्तिको दुई वटा अनुमतिपत्र हुँदा वितरण गर्नका लागि धेरै जनशक्ति लाग्ने गरेको उहाँको भनाइ थियो । प्रमुख कपालीले भन्नुभयो, ‘अहिले हामीसँग अनुमतिपत्रको सङ्ख्या दुई लाख छ तर एक दिनमा लिन आउने पाँच सय जना छन् ।’ अहिले कार्यालयमा तीन/चार वर्ष पुराना धेरै अनुमतिपत्र रहेका छन् । कतिपय सेवाग्राहीको अनुमतिपत्र लिन नआउँदै अवधि सकिने गरेको उहाँले बताउनुभयो ।

एकातिर अनुमतिपत्र छापिएर आउनै एक वर्ष बढी लाग्ने र अर्कातिर सेवाग्राही छापिएर आउनासाथ नआउने हुँदा धेरैभन्दा धेरै अनुमतिपत्र थन्किने गरेको कार्यालयमा कार्यरत कर्मचारीको भनाइ थियो । अनुमतिपत्र लिन आउँदासम्म अवधि सकिएको भन्दै धेरै सेवाग्राही कर्मचारीसँग झगडा गर्ने गरेको देखिन्छ । कहिले आउँदा अनुमतिपत्र आएको छैन भन्ने र छापिएर आउँदा पहिले नै अवधि सकिने भन्दै उनीहरूले आक्रोश पोख्ने गरेका हुन् ।

कार्यालयले विभागबाट आउनासाथ वितरण गर्ने भए पनि छापिएर आउनै लामो समय लाग्ने गरेको प्रमुख कपालीले बताउनुभयो । सम्बन्धित व्यक्ति आफैँ पनि नवीकरणका लागि निवेदन दिएर तीन/चार वर्षमा आउँदा अवधि सकिने गर्छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • Rishi Bhakta Koju

    Aug. 14, 2023, 7 a.m.

    Too late, why?

  •  0 Reply
  • Khagendra prasad rijal

    Aug. 13, 2023, 9:37 a.m.

    यातायात ब्यवस्था को ठूलो कमजोरी।डेड बर्स लाउने लाइसेन्स दिनलाइ

  •  0 Reply
  • Prem Gurung

    Aug. 11, 2023, 12:22 p.m.

    Paisa tirera pani sarai lajmardo bebasthapan yatayatko

  •  0 Reply
  • Lokendra bahadur khatri

    Aug. 10, 2023, 8:18 p.m.

    Mero 1 barsh Bhanda Badi vayo kahile aauchh

  •  0 Reply
  • Badri adhikari

    Aug. 10, 2023, 7:57 p.m.

    अायकाे बेला पाईदैन न अरु बैला भ्यादैन

  •  0 Reply

तपाईको प्रतिक्रिया