बाग्लुङमा पहिराे जाँदा कालीगण्डकी करिडोर झण्डै १७ घण्टादेखि अवरुद्ध

 साउन २६, २०८० शुक्रबार १२:२२:१९ | रासस
unn.prixa.net

बाग्लुङ - राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर १७ घण्टादेखि अवरुद्ध भएको छ । करिडाेरकाे बाग्लुङ खण्डमा पहिराे गएपछि सडक अवरुद्ध भएकाे हाे । बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा बिहीवार हिजाे बेलुका साढे ५ बजे माथिबाट झरेको पहिराेका कारण सडक अवरुद्ध भएको छ।

सडक खुलाउने प्रयास भइरहे पनि कहिलेबाट सञ्चालनमा आउँछ भन्ने यकिन नभएकाे प्रहरीले जनाएकाे छ । लेदोसहितको पहिराेले सडकमा ठूलो क्षति पुर्‍याएको हुँदा सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । 

सडक अवरुद्ध हुँदा यातायात ठप्प भएकाे छ। करिडाेर अवरुद्ध भएपछि  बाग्लुङको कुश्मिसेरा, बलेवा, बरेङ लगायतका ठाउँबाट बाग्लुङ, पोखरा, काठमाण्डाै जाने गाडी सडकमै अलपत्र परेका छन् । 

 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया