सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने गृह मन्त्राल...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रियसभाको बैठक साउन ३१ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आज शुक्रवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद आसनबाट उठिरहेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गर्नुभएको हो ।
बैठकको शुरुमै सांसदहरूले समसामयिक विषयमा धारणा राखेका थिए । तर बैठक कार्यसूचीमा प्रवेश गर्ने बेला भने नेकपा एमालेले आसनबाट उठेर बैठकमा अवरोध गरेपछि सत्तापक्षका सांसदहरूले पनि बैठक सञ्चालन हुनुपर्ने भन्दै उठेर विरोध जनाएका हुन् ।
सुन तस्करीकाे विषयमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद् सञ्चालन हुन नदिने अडानमा रहेको एमालेले बैठक अवरुद्ध गर्दै आएको छ । एमालेले साउन १० गतेयता अवरुद्ध गर्दा सङ्घीय संसद् बन्धक बनेको छ । एमालेका सांसदहरूले नाराबाजी गरेपछि आज प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ ।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको छानबिन शुरुमा राजस्व अनुसन्धान विभागले गरेको थियो भने अहिले नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ । एमालेले सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिइरहेको छ ।
एमालेले संसद् बन्धक बनाउँदा मानिसहरूमा सङ्क्रमण भइरहेको डेङ्गी, पशुहरूमा सङ्क्रमण भइरहेको लम्पी स्किन रोगको प्रकोप, मनसुनी विपद्लगायतका महत्त्वपूर्ण विषयमा संसदमा छलफल हुन सकेको छैन ।
यसैबीच सभामुख देवराज घिमिरे र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्को अवरोध खुलाउन सहयोग गर्न राष्ट्रपतिसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरी उहाँहरूले संसद् अवरोधबारे छलफल गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।