नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच भएकाे सम्झौताप्रति आपत्ति जनाएको छ ।
जसपाले शुक्रवार सिंहदरबारमा रहेकाे पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो पार्टी र निर्दोष नागरिकलाई फसाउने गरी सम्झौता भएको भन्दै आपत्ति जनाएको हो । आफ्नो पार्टी र एक सय ३० जनाभन्दा बढी नागरिकलाई फसाउने गरी सम्झाैता गरिएकाे भन्दै त्यसप्रति खेद व्यक्त गरिएको पार्टीका प्रवक्ता मनिषकुमार सुमनले बताउनुभयो । उहाँले सम्झौताको विषयमा सरकारले पुनर्विचार नगरे सरकारबाट बाहिरिन सक्ने चेतावनीसमेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘जनता समाजवादी पार्टी यस्ता झुटा मुद्दाबाट डराएको पनि छैन । तर अचानक २३ गते एउटा सम्झौता गरेर हामीलाई फसाउने अथवा जनता समाजवादी पार्टीका नेतामात्र नभई एक सय ३० जनाभन्दा बढी नागरिकलाई फसाउने दुष्प्रयास गरिँदैछ । त्योप्रति हामीले खेदप्रकट गरेका छौँ । अब सरकारमा रहने, नरहने कुराहरू सरकार पक्षको व्यवहारबाट क्लियर हुन्छ ।’
जसपाले गाैर हत्याकाण्डमा तत्कालीन माओवादी केन्द्र र त्यसका नेता प्रभु साह मुख्य दोषी रहेको आरोप लगाउँदै आएको छ । प्रवक्ता सुमनले राष्ट्रिय मानव अधिकार आयोगलगायतका सरकार आफैँले गठन गरेको विभिन्न आयोगहरूले पनि सो हत्याकाण्डमा आफ्नो पार्टीको संलग्नता नरहेको पुष्टि भए पनि सरकारले आफ्नो पार्टीप्रति प्रतिशोध राखेर गौर हत्याकाण्डका पीडितसँग साउन २३ गते सम्झौता गरेको आरोप लगाउनुभयो । जसपाले हत्याकाण्डको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न पनि सरकारलाई दबाब दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।