नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन खेल्दैछन् । पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार आज पौने २ बजे हुँदैछ ।
स्वीडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । आज विजयी हुने टोलीले उपाधिका लागि भोलि हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । अस्ट्रेलिया यो विश्व कपको आयोजक टोली हो ।
अस्ट्रेलिया र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनल भोलि अष्ट्रेलियाको सिड्नीमा हुनेछ । गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्व कपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।