नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – श्रीलङ्काका स्टार अलराउन्डर वानिन्दु हसरङ्गाले २६ वर्षकाे उमेरमै टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका छन् ।
सीमित ओभरकाे क्रिकेट (एकदिवसीय र टी–२०) लाई प्राथमिकता दिने बताउँदै हसरङ्गाले टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका हुन् । श्रीलङ्का क्रिकेट बोर्डले हसरङ्गाको सन्न्यास लिने निर्णय स्वीकार गरेको छ ।
हसरङ्गा वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट लेग स्पिनर तथा अलराउन्डर हुन् । सन् २०२० मा दक्षिण अफ्रिकासँगकाे खेलमा टेस्टमा डेब्यु गरेका उनले ४ वटा टेस्ट खेल्दा १ सय ९६ रन बनाउनुका साथै ४ विकेट लिएका छन् ।
यस्तै हसरङ्गाले ४८ एकदिवसीयमा ४ वटा अर्धशतकसहित ८ सय ३२ रन बनाउँदा ६७ विकेट लिएका छन् । उनले ५८ टी–२० मा ५ सय ३३ रन बनाउँदा ९१ विकेट लिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।