नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले भविष्यप्रति आशावादी बनाउँदै नाै लाख युवालाई विदेश जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको बताउनुभएको छ ।
बुधवार काठमाण्डाैमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा पूर्वअर्थमन्त्री खतिवडाले यस्ताे बताउनुभएकाे हाे । उहाँले युवाहरूलाई भविष्यप्रति आशा जगाएर उद्यमशीलतामा लगाउन आवश्यक रहेको बताउनुभयो । जोखिम लिएर व्यवसाय गर्ने र अरूलाई उदाहरण दिन सक्ने गरी नेतृत्व गर्नसक्ने क्षमता आफू भित्रबाट विकास गर्नु उद्यमशीलता भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘युवाहरूलाई हामीले उद्यमशीलतामा कसरी जोड्न सक्छौँ भन्ने कुरा आजकाे प्रमुख प्राथमिकताकाे विषय हाे । उनीहरूलाई भविष्यको आशा कसरी जगाउन सक्छौँ । झन्डै नाै लाख युवामा कसरी आशा जगाउन सकिन्छ र कसरी उनीहरूलाई विदेश जानबाट रोक्न सकिन्छ भन्ने आजको विषय त्यो हो । उद्यमशीलता आफू भित्रबाट आउँछ । सबैमा आउँदैन । उद्यमशीलता भनेको व्यक्तिमा अन्तरनिहीत गुण हो । यो आयात गरेर वा सिकेर पनि हुँदैन ।’
पूर्वअर्थमन्त्री खतिवडाले परम्परागतरूपमा गर्दै आएको काम निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्यमशीलताको विकास हुन थालेको बताउनुभयो । उहाँले अहिले विकास भएका उद्यमशीलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको उल्लेख गर्नुभयाे ।
खतिवडाले अब युवाहरूले आफ्नो क्षमताले सम्भावनाको आधारबाट उद्यमशीलता विकास गर्न आवश्यक रहेकोमा जाेड दिनुभयाे । उहाँले व्यवसाय गर्दा सानोबाट नै ठूलो हुने भन्दै युवाले गरेको 'इनोभेशन' अरूभन्दा फरक बन्न सक्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।