संसद् खुलाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल

 भदौ १, २०८० शुक्रबार ११:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

बिहान बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले संसद् नखुल्दा बाढी पहिरोलगायत प्रकोपका रुपमा फैलिएका रोगका सङ्क्रमणका विषयमा बहस हुन नपाएको बताउनुभयो । सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरेर सहमति गरी संसद् खुलाउन उहाँले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभयो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले संसद् खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्ने बताउनु भएको सभामुखको निजी सचिवालयले जनाएको छ । एमालेले तस्करी भएको सुनको उच्चस्तरीय समिति बनाएर छानबिनको माग गर्दै १० गतेदेखि संसद् अवरूद्ध गर्दै आएको छ ।

सरकारले भने अनुसन्धानका लागि उच्चस्तरीय समितिको आवश्यकता नरहेको जनाएको छ । गएको ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बरामद भएको थियो । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म २३ जना पक्राउ परेका छन् ।

आज थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया