रुसी अन्तरिक्षयान लुना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त

 भदौ ३, २०८० आइतबार १६:४:१२ | एजेन्सी
unn.prixa.net

रुसले चन्द्रमामा पठाएको अन्तरिक्षयान लुना–२५ दुर्घटनामा परेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पहिलो देश बन्ने लक्ष्यसहित रुसले पठाएको लुना–२५ दुर्घटनामा परेको रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मानवरहित यान भोलि साेमवार चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने क्रममा थियो । तर अवतरण गर्नुअघिको कक्षमा समस्या देखिएलगत्तै लुना–२५ सँग सम्पर्क टुटेको रुसी सरकारी अन्तरिक्ष निकाय रोसकोमोसले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ र महत्त्वपूर्ण तत्वहरू हुनसक्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।

अहिलेसम्म कुनै पनि देश नपुगेको दक्षिणी ध्रुवमा यतिखेर भारत र रुसबीच प्रतिस्पर्धा चलेको थियो । भारतको चन्द्रयान–३ आउँदो बुधवार अवतरण गर्ने प्रयासमा छ ।

चन्द्रमाको सतहमा भने अमेरिका र चीनका यानले यसअघि नै अवतरण गरिसकेका छन् । लुना–२५ अन्तरिक्षयान रुसले झन्डै ५० वर्षमा प्रक्षेपण गरेको चन्द्रयान हो । यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया