रवि लामिछानेकाे आजकाे बयान सकियाे
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - संसद्को गतिरोध हटाउन राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दैछ ।
शीतल निवासमा बिहान साढे ८ बजेपछि बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु उपस्थित हुँदैछन् । यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग संसद्को गतिरोध अन्त्यका लागि छलफल गर्नुभएको थियो ।
संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेले पनि छुट्टाछुट्टै छलफल गर्दै आउनुभएको छ ।
दलहरुबीच सहमति नभएपछि हिजो बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट समातिएको ६० किलो सुन प्रकरणमा प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेर साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ ।
सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलहरुले भने उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानबिन गर्ने बताउँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।