नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – भारतमा भइरहेको डुरान्ड कपमा त्रिभुवन आर्मी क्लब आफ्नाे अन्तिम तथा तेस्रो खेलमा पनि पराजित भएको छ ।
आज मङ्गलवार भएको खेलमा त्रिभुवन आर्मी हैदराबाद एफसीसँग ३–० गोलले पराजित भएको हो । हैदराबादकाे जितमा आरेनले ह्याट्रिक गरे । उनले खेलकाे १६, २४ र ६९ औँ मिनेटमा गाेल गरे ।
यसअघि त्रिभुवन आर्मी चेन्नइयनसँग ३–० गोलले पराजित भएको थियो भने दिल्ली एफसीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
डुरान्ड कपमा ६ समूहका २४ टिमबीच भारतका विभिन्न शहरमा खेल भइरहेका छन् । हरेक समूहका विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । छ समूह मध्येबाट उत्कृष्ट दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।