एन्फा साधारणसभा विधानसम्मत गरिदिन राखेपलाई फुटबल क्लबहरुको माग

 भदौ ७, २०८० बिहीबार ९:३७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को साधारणसभा विधानसम्मत गर्न फुटबल क्लबहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग अनुरोध गरेका छन् ।

एन्फाको विशेष साधारणसभा भदौ २४ लाई तय भएको छ । साधारण सभामा सदस्यहरुको भौतिक उपस्थिति, लेखा परीक्षक नियुक्ति र बाँकी बक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्ने लगायतका माग राख्दै विभिन्न श्रेणीका ३५ क्लबले राखेपसँग अनुरोध गरेका हुन् ।

शहीद स्मारक लिग अन्तर्गत ए, बी र सी डिभिजन लिग प्रतियोगिताको तयारी खर्च विगत लामो समयदेखि एन्फाले भुक्तानी नगरेकोले एन्फा महासचिवलगायत पदाधिकारीसँग पटक-पटक छलफल तथा बक्यौता भुक्तानी सम्बन्धमा पत्राचार समेत गरेको क्लबहरुले जनाएका छन् ।  तर यस सम्बन्धमा एन्फा जिम्मेवार नदेखिएकाले अविलम्ब बक्यौता भुक्तानीको निर्णयमा पुग्न उनीहरुले पुनः एन्फाको ध्यानाकर्षण गराएका छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया