भीम रावलकाे व्यङ्ग्य– ‘सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्’

 भदौ ७, २०८० बिहीबार १८:५२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका नेता डा. भीम रावलले नेपालको संस्कृति भनेको देशका लागि मुटु कलेजो भएको बताउनुभएको छ ।

बिहीवार काठमाण्डाैमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताउनुभएको हो । उहाँले सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिती नहोस् लगायतका कवितांशहरूबाट सरकारको व्यङ्ग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिती नहोस् । आफ्नै भाका लय र लहरले सङ्गीत मिठो बनोस् । कति समृद्ध, सुसंस्कृत देश छ नेपाल संसार सधैँ भनोस् । भारी भ्रष्ट मति, गति र खतिका मिल्काइदेउन् सबै । हे गौरा यो पवित्र भूमिमा नहोस् अनिष्ठ कवै । हाम्रा भाषा, संस्कृति, ऋति, रिवाज जसरी हाम्रा देशका मुटु कलेजा हुन् । देशको संस्कृति त्यस्तै हो । यदि कुनै देशका नागरिकलाई खत्तम पार्नु छ, त्यो देशको एकता सिध्याउनु छ, त्यो देशको स्वाभिमानलाई समाप्त गर्नु छ भने त्यो देशका गौरालाई समाप्त गर्नुपर्छ ।’

नेता रावलले आफू गृहमन्त्री हुँदा गौरा पर्वमा बिदा दिएको तर अहिले किन काटिएको भन्दै प्रश्न गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया