नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको जिकिर गर्नुभएकाे छ ।
आज शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा मन्त्री ज्वालाले माधव नेपालले भ्रष्टाचार गर्याे भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गर्नुभयो । समकालीन नेताहरूमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै रहेको समेत उहाँको दाबी थियो ।
मन्त्री ज्वालाले भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताउनुभयो । उहाँले अदालतले दोषी सावित गरे पनि वा ओभरसाइट एजेन्सीहरूले भने पनि त्यसलाई नागरिकले नपत्याउने जिकिर गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ । माधव नेपालले भ्रष्टाचार गर्याे भनेर यो दुनियाँमा कसैले पत्याउँछ ? सायद समकालीन नेताहरूमध्ये सबैभन्दा स्वच्छ छविको नेता माधव नेपाल हुन् । भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले माधव नेपाललाई कसैले प्रश्न उठाउन सक्दैन । हामी जुनसुकैले निर्णय गरे पनि त्यसको च्यालेन्ज गर्न तयार छौँ । अदालतले बोलोस्, अरू कसैले बोलोस्, ओभरसाइट एजेन्सीहरूले बोलुन्, त्यसलाई नागरिकले पत्याउँदैनन् ।’
मन्त्री ज्वालाले माधव नेपालमाथि आरोप लगाएर एकीकृत समाजवादी पार्टी कमजोर बनाउने षड्यन्त्र भएको दाबी पनि गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।