कलाकार सानु ताम्राकारको निधन

 भदौ ९, २०८० शनिबार १९:२९:५२ | रासस
unn.prixa.net

काठमाण्डौ – कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ ।

काठमाण्डौको नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ बजेर २०  मिनेट जाँदा ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विगत २४ दिनदेखि उपचाररत रहनुभएका उहाँ हामीमाझ रहनुभएन । उहाँलाई आइतवार बिहान पशुपति आर्यघाटमा श्रद्धाञ्जलि दिएर अन्त्येष्टि गर्ने तयारी छ ।’

अध्यक्ष निरौलाले कलाकार ताम्राकारको निधनले सङ्घसँगै आफू पनि मर्माहत भएको बताउनुभयो ।

मेरी मामु, भुइँ मान्छे, ग्याम्ब्लर, पललगायतका चलचित्रमा अभिनय गर्नुभएका कलाकार ताम्राकारकी श्रीमती रुक्मणि ताम्राकार हुनुहुन्छ ।

ताम्राकारका छोरा सारुक ताम्राकारले गएको असार २१ गते आत्महत्या गर्नुभएको थियो । छोराले आत्महत्या गरेयता उहाँ अस्वस्थ हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया