भारतसँग मङ्गल र शुक्रग्रहमा पनि पुग्नसक्ने सामर्थ्य रहेको इसरोको दाबी

 भदौ ११, २०८० सोमबार ६:५९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले मङ्गल र शुक्रग्रहमा पनि पुग्नसक्ने सामर्थ्य रहेको जनाएको छ ।

इसरोका अध्यक्ष एस सोमनाथले चन्द्रमा मात्रै नभएर मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताउनुभएको हो ।

तिरुवनन्तपुरममा भएको कार्यक्रममा उहाँले भारतले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य राख्ने दाबी गर्नुभयो ।

उहाँले इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको पनि बताउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सरकार र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको तर यसका लागि थप लगानीको खाँचो रहेको उहाँको भनाइ छ ।

इसरोले चन्द्रयान–३ परियोजना पर्याप्त लगानीका बाबजुद नै सफलतापूर्वक सम्पन्न गरेको पनि जनाएको छ ।

यसअघि अस्ति शनिवार प्रधानमन्त्री नरेन्द्र मोदी इसरो मुख्यालय पुग्नुभएको थियो ।

उहाँले तेस्रो चन्द्रयान टोलीमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा समेत गर्नुभएको छ । 

गएको बुधवार भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा सफलतापूर्वक अवतरण भएको थियो ।

चद्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बन्दै इतिहास रचेको छ ।     

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Name bam rai

    Aug. 28, 2023, 9:26 a.m.

    Isorama nepali scientist haru pani xan .chandrayaan 3 safalata purbak abataran garnama uniharuko bhumiaka x re.tar India sarkar nepali scientistko barema silent.why?

  •  0 Reply

तपाईको प्रतिक्रिया