एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई दियो २ सय ६७ रनको लक्ष्य

 भदौ १६, २०८० शनिबार २०:०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा भारतले २ सय ६७ रनको लक्ष्य दिएको छ । 

श्रीलंकाको पाल्लिकेमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४८ दशमव २ ‌‍ओभरमा २ सय ६६ रन बनाएकाे हाे । 

भारतका कप्तान रोहित शर्मा ११ रनमा र विराट कोहली ४ रनमा बोल्ड आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले शर्मा र कोहली विकेट लिएका हुन् । त्यस्तै हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए ।

उनले शुभमन गिललाई १० रनमा आउट गरे । सुरुवातमा प्रमुख चार खेलाडी आउट भएपछि केहि दबाबमा परेको भारतका लागि ईसान किसन र हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले ।

पाण्ड्या ९० बलमा ८७ रन र ईसान किसन ८१ बलमा ८२ रनमा आउट भए ।

रविन्द्र जडेजाले १४ रन बनाए । शार्दुल ठाकुर ३ रनमा आउट भए । 

पानी परेका कारण खेल दुई पटकसम्म केही बेरका लागि प्रभावित भएको थियो ।

अब पाकिस्तानले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ ।

पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ ।

एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो । भारतको यो पहिलो खेल हो ।

नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ ।

भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक जितेको छ। 

 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया