नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – एसिया कप क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानलाई ३ सय ३५ रनकाे विशाल लक्ष्य दिएकाे छ ।
लाहाेरकाे गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३४ रन बनायाे । बङ्गलादेशका लागि मेहदी हसन मिराज र नजमुल हाेसेन शान्ताेले शतक बनाए । मिराज १ सय १२ रनमा रिटायर्ड हर्ट हुँदा शान्ताे १ सय ४ रनमा आउट भए । यस्तै कप्तान शाकिब अल हसनले नटआउट ३२ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमान र गुलबदिन नइबले १/१ विकेट लिए ।
प्रतियाेगिताकाे 'सुपर फाेर' मा पुग्न बङ्गलादेशलाई याे खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा बङ्गलादेश श्रीलङ्कासँग पराजित भएको थियो । प्रतियाेगितामा पहिलाे खेल खेलिरहेकाे अफगानिस्तान भने जित निकाल्दै एक खेलअघि नै 'सुपर फोर' मा स्थान पक्का गर्न चाहन्छ । समूह 'बी' मा श्रीलङ्का एक खेलमा दुई अङ्कसहित शीर्ष स्थानमा छ ।
यस्तै समूह 'ए' बाट भने पाकिस्तान दुई खेलमा तीन अङ्कसहित 'सुपर फाेर' मा पुगिसकेकाे छ । भाेलि साेमवार हुने भारत र नेपालबीचकाे खेलले याे समूहबाट सुपर 'फाेर' मा पुग्ने अर्काे टाेलीकाे टुङ्गाे लाग्नेछ । भारतले पहिलाे खेलमा पाकिस्तानसँग १/१ अङ्क बाँड्दा नेपाल पहिलाे खेलमा पाकिस्तानसँग पराजित भएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।