नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
धनुषा – धनुषाको हंशपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलमाथि हातपातको प्रयास भएको छ ।
बुधबार नगरपालिका कार्यालयको कार्यकक्षमै मेयर मण्डलमाथि हंशपुर नगरपालिका –४, का सडक उपभोक्ता समितिका अध्यक्ष ३५ वर्षीय रामहृदय यादव र स्थानीय २७ वर्षीय दीपनारायण यादवले हातपातको प्रयास गरेका हुन् ।
दुवैजनाले मेयर मण्डलमाथि हातपात गर्न खोज्दा बचाउन खोज्ने क्रममा हंशपुर नगरपालिका २ का २५ वर्षीय विजय मण्डल नै कुटिएका छन् । बाटो ग्राभेलको लामो समय बितिसक्दासमेत भुक्तानी नदिएको भन्दै उपमोक्ता समितिका अध्यक्ष यादवले मेयरमाथि खनिएका हुन् ।
कार्यकक्षमै आफूमाथि भएको हातपातको प्रयास र आफूलाई बचाउन खोजेका विजय मण्डलमाथि कुटपिट गर्ने अध्यक्ष यादव र उनका सहयोगी दीपनारायणलाई कारबाहीको माग गर्दै नगर प्रमुख मण्डलले दुवैजनाविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराउनुभएको छ ।
घटनापश्चात हातपात गर्ने अध्यक्ष रामहृदयलाई जिल्ला प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिए पनि बुधबार राति नै छोडेको थियो । त्यसपछि बिहीबार बिहानैदेखि मेयर मण्डलसहित स्थानीयहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए । शुरुमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले अनुसन्धानपश्चात मात्र मुद्दा गर्ने भन्दै जाहेरी दर्ता गर्न मान्नु भएको थिएन । तर मेयर मण्डलले आफू जाहेरी दर्ता नगराई नफर्किने बरु धर्ना दिने बताएपछि दिउँसो अढाई बजे प्रहरीले जाहेरी दर्ता गरेको हो ।
मेयर मण्डलले काममा त्रुटि गरेको शंका लागेका केही उपभोक्ता समितिको भुक्तानी रोकेको र छानबिनपश्चात मात्र आर्थिक वर्ष २०७५–०७६ मा भुक्तानी गर्ने नगरपालिकाबाट निर्णय नै गरेको बताउनुभयो । तर उपमोक्ता समितिका अध्यक्ष यादव आफूलाई फोनमा समेत धाकधम्की दिएको र कार्यालयमा समेत आएर आफूमाथि हातपात गर्ने प्रयास गरेकाले कडा कारबाही हुनुपर्ने माग मेयरले गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।